तनहुँमा राहदानीबाट ४ करोड ४२ लाख राजस्व संकलन


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित




तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

सो आवमा जिल्लाबाट ६ हजार ६१९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

त्यस्तै, ८ हजार ८५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट ४ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व संकलन गरेको हो।

सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ। २ हजार ४७० जनालाई आदिवासी जनजाति प्रमाणित, १ हजार ८० जनालाई दलित प्रमाणित, १ हजार ८७८ लाई पेन्सन सिफारिस गरिएको छ।

कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा ७८५ संस्थाको नवीकरण भएको छ। ९९ हातहतियार नवीकरण भएकामा ६ वटा नामसारी गरिएको छ। यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।