पोखराको कास्की सेवा अस्पतालले डेंगु रोग नियन्त्रणका लागि निशुल्क परीक्षण गर्ने भएको छ।
अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै भदौ ३० गतेदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो।
आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित बिरामीलाई लक्षित गरेर निशुल्क परीक्षण ल्याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यले बताएका छन्। अस्पतालमा डेंगु रोग परिक्षण गर्न १ हजार २ सय लाग्थ्यो। अस्पतालमा लाग्ने यो रकम स्वास्थ्य सेवाग्राहीले अब बचत गर्न सक्नेछन्।
निशुल्क परीक्षण गर्न रोगका लक्षण तथा सम्बन्धित फिजिसियनले अनिवार्य सिफारिस गर्नुपर्ने प्रमुख आचार्यले बताएका छन्।
अस्पतालले १ हजार बिरामीलाई आवश्यक किट उपलब्ध गराउने प्रशासकीय अधिकृत सुन्दर पोखरेलले बताए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको अध्याधिक चाप भएकाले छिटो–छरितो उपचार गराउने उद्देश्यले आफूहरुले निशुल्क परीक्षण व्यवस्था गरेको पोखरेलले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







