पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन्।
शनिबार सम्पन्न ३४ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रजापतिसहित संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, उद्योग उपाध्यक्ष देवेन्द्र केसी, वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, उपमहासचिव शोभा गौतमसहित कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले पदस्थापन गराएका हुन्।
पदस्थापनपछि अध्यक्ष पवन प्रजापतीको अध्यक्षतामा बसेको संघको पहिलो कार्यसमिति बैठकले संघको सचिवालय गैह्रापाटनमा बहुउद्देश्यीय भवन निर्माण र व्यवसायीमाथि आइपर्ने पीरमर्का सम्बोधनका लागि वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलाई संयोजकको जिम्मेवारी दिएको छ।
त्यसैगरि, संघको कार्यसमिति सदस्यमा सौगात थापालाई मनोनित गरेको छ। पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा सौगात थापा मनोनित भएका छन्। संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघको विधानको परिच्छेद ६ अन्तर्गत ६.१ ‘ड’ को अधिकार प्रयोग गर्दै सदस्य प्रतिष्ठान बगैंचा वेलनेस रिसोर्टका थापालाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । संघको विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रदान गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







