झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्विर

कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँचचौकीनजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँचचौकीनजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।