वल्र्ड बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर नेतृत्वको टोलीले तालचोक–बेगनास सडकको स्थलगत अवलोकन गरेको छ।
पोखरा आएका मार्टिन नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित सो सडकको अवलोकन गरेको हो। उक्त सडक वर्ल्ड बैंकको सहयोगमा स्तरोन्नति गरिँदैछ।
सोका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजनाबीच ५ मार्च २०२१ मा सम्झौता भएको थियो। सम्झौता १५ जुलाई २०२५ सम्म कायम रहनेछ। यस परियोजनामा वल्र्ड बैंकले रु. १ अरब ४९ करोड १५ लाख लगानी गर्नेछ।
३.२८ कि.मी लम्बाईको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्रयाक र डिभाइडरसहित चार लेनको हुनेछ। यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन्। सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाईको अस्फाल्ट पिच गरिनेछ।
सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी, काठमाडौँले पाएको छ। उसले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ रुपैयाँमा ठेक्का पारेको हो। निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भैसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







