स्थानीय चुनावमा उम्मेदवारहरूले गरेको खर्च विवरण नबुझाएकाले निर्वाचन आयोगले तनहुँका ४ वटा पालिकाका ४ नगर प्रमुख र उप प्रमुखका उम्मेदवारलाई कारबाही गरेको छ ।
जरीवाना पर्नेमा तनहुँको शुक्लागण्डकी नरगपालिका नगर प्रमुख कृष्णराज पण्डित र उप प्रमुख खुम बहादुर वि.क., भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी र उपप्रमुख उमा गोतामे, भिमाद नगरपालिका दधिराज सुवेदी र नगर उपप्रमुख शारदा खनाल छन् ।
व्यास नगरपालिकाका मेयर, उपमेयर भने समयमानै निर्वाचन खर्च बुझाएर जरीवानाबाट बचेका छन् । स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले परिणाम घोषणा भएको १ महिनाभित्र निर्वाचनमा गरेको खर्चको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, निर्वाचनको परिणाम घोषणा भएको ४ महिनाभन्दा बढी समय बितिसक्दा पनि उनीहरूले खर्चको विवरण नबुझाएकाले कारबाही गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
आयोगले तनहुँका जिल्लाका स्थानीय निर्वाचनमा भाग लिएका उम्मेदवारलाई पटक–पटक ताकेता गर्दा पनि अहिलेसम्म चुनावमा गरेको खर्च विवरण बुझाउन अटेरी गरेकाले उनीहरूलाई आयोगले कारबाही स्वरूप दण्ड जरिवाना गरेको जनाएको छ ।
आयोगले समय सीमाभित्र चुनावमा गरेको खर्चको विवरण बुझाउन सूचना प्रकाशित गरेको थियो तर उनीहरुले निर्वाचन खर्चको विवरण बुझाएनन् । त्यसपछि, भदौ ७ गतेभित्र मागेको स्पष्टीकरण चितबुझ्दो नभएका कारण आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको छ । आयोगको २०७९ साउन ३१ गतेको निर्णयबमोजिम नगरपालिकाका नगर प्रमुख र उप्रमुखका उम्मेदवारलाई ४ लाख ५० हजार जरीवाना ठहर गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







