कोलपाटन आमा समुहको अध्यक्षमा सावित्री


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७९ मा प्रकाशित




पोखरा–१७ स्थित कोलपाटन आमा समुहको चौधौ साधारण सभा एवं सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको छ।

समूहको उपाध्यक्षमा अम्वा पराजुली, सचिव करणा बराल, सह–सचिव सर्मिला पौडेल, कोषाध्यक्षमा शुशिला वानिया, सह–कोषाध्यक्षमा सविना वानिया र सदस्यहरुमा लक्ष्मी गौतम, सिता कुँवर, सरस्वती पराजुली, सुष्मा पौडेल, पशुपति वानिया, सिमा थापा, लक्ष्मी शर्मा बराल, सिता बराल र सावित्री पराजुली छन्।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिवेशनको उद्घाटन गर्दै प्राप्त हकअधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु पर्ने बताए।

आमा समुहको माध्यमवाट महिलाले नेतृत्व विकाससँगै आय–आर्जनमा समेत जोडिएको बताइन्। उनले यस्ता समुहलाई जनताको नजिकको स्थानीय सरकारको साथ र सहयोग हुनु पर्ने आवश्यकता औंल्याइन्।

पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरण बानियाले वडाका अति आवश्यक र अधुरा विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने अभियानमा जुटेको बताए।

कार्यक्रममा उपसभामुख शर्माले कोलपाटन वहुदेश्यीय भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था एवं व्यक्तिहरुलाई सम्मान गरेकी थिइन्।

समुहका अध्यक्ष सावित्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष प्रकाश पौडेल, समाजसेवी हेरम्वराज पराजुली, समुहका पूर्व अध्यक्ष पार्वती कार्की, समाज कल्याण समितिका अध्यक्ष कृष्णबहादुर खत्री, अम्बिका पराजुलीलगायतले आमा समुहको महत्व एवं महिलाको क्षमता अभिवृद्धिमा खेलेको मूमिकाबारे चर्चा गरेकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।