मेरो एउटा साथी छ, अहिले उ अमेरिकामा बस्छ।
क्याम्पस पढदा सगै पढेका साथी हौं।
उ डिभी परेर अमेरिका गएको हो।
हामी क्लासमा सबै भन्दा मिल्ने साथी थियौं।
म पनि उस्को घर जान्थे बस्थे खान्थे र उ पनि मेरो घर आउथ्यो ।बस्थ्यो खान्थ्यो। पारिवारिक रुपबाट पनि हामी निकै नजिक थियौं।
हामी प्रत्यक दिन जस्तो फोनमा कुराकानी गरिरहन्छौं। उ आफ्ना गुनासार मनका कुरा मलाइ सुनाउन पाउँदा मन हलुङो हुन्छ भन्छ।
सन्तोष तैले बिदेस जान्न नेपालमै संघर्ष गर्छु भनेर नेपालमै बसेर जितिस् यार, मेरो हालत हेर्त, मेरो जस्तो हालत त छैन नि तेरो। बा आमाका काखमा बस्न पाइन्जेल बरु नपुगे एक छाक रोटि खाएर भएपनि बा आमाको काखमा बस्न पाउनु भाग्य हो यार। भाग्यमानिले मात्र पाउने रहेछ यार। मेरो त बा ले सानैमा छाडेर गए, आमा ।के भन्नू यार , छोरो भएर बुढेस कालमा आमाको आँसु पुछ्न पनि पा’छैन यार।
उस्को बा सानैमा बित्नु भयो तर आमाले आफुले दुख कस्ट सहेर पनि सानोमा मत्याएर हुर्काएको टुहुरो केटो हो।
तर धनी बाउकी मातेकी कान्छी छोरी बिबाह गर्यो ,
मस्तले पेलिएको छ केटो।
श्रीमति सग औधी डराउछ। फोनमा बोली रहेछ भने पनि बुढी घर आएपछि केटाको बोली नै अर्कै हुन्छ अनि लर्बराउछ । पहिला त तेस्तो हैन खै पछि के भयो त्यस्लाइ।
हिजो एका बिहानै फोन गर्यो, यति बिहानै मलाइ उस्ले कहिल्यै कल गर्ने थियन किनकी म अबेला सम्म सुत्छु भन्ने उस्लाई राम्ररी थाहा थियो। पक्कै केहि नपरी यति बिहानै कल गरिनस् के भयो भन्दै कल उठाएं ।
उस्ले भन्यो, अहिले ड्युटिमा छु, ब्रेक टाइममा तलाइ कल गरेको। मैले आमाको लागि केही सामान पठाएको छु।
आजै आमा थिम लग्दे है। दशैको बेला छ, त कता कता दौडन्छस, तलाई फुर्सदै हुदैन फेरि भ्याइनस् भने, तैले दशै पछि लग्दिन्छस , दशै पछि के काम भनेर अहिल्यै बिहानै कल गरेको।
मैले भने : तेसो भए त यो साल पनि आइनस है।
आमालाइ कति ढाट्छस्, आमा मलाइ देख्ने बित्तिकै तेरो यादमा रुनुहुन्छ यार। त जसरी पनि आउनुपर्थ्यो।
उस्ले भन्यो तलाई सब थाहा छ, तेरि भाउजुको बानी । कति जिद्दी छ यार। उनले बोलेपछी भयो यार, उनको कुरा काट्नै हुन्न बम हुन्छिन।
हेर्न झन यो बेला नेपाल जानी भनेको। बाबू पनि खुशी भाको थियो हजुर आमा भेटने भनेर। तर तेरो भाउजुको बा आमा भाउजुको दिदिको मा जापान आका छन रे, यो दशै मा तेतै सबै भेटने रे। के गर्नु यार। यो साल पनि आउन पाइन। छोडदे। बरु सुन्न,मैले पठायको त्यो सामानमा दशैको टिकामा आमालाइ नैबेदको रुपमा अरुलाइ दिन सजिलो हुन्छ भनेर, मिठाई, ड्राइ नट पठाएको छु, अनि अर्को बक्स् मा सानो मोबाइल छ, र २०० डलर पनि छ। मोवाइल सिम राखेर चलाउन सिकाइदे अनि त्यो २०० डलर साटेर नेपाली खुद्रा पैसा बनाइदे है। अनि सानो पोको छ त्यसमा सानो सिक्री पठाएको छु यार। आमालाइ लकेट राखेको सिक्री लगाउने ठूलो इच्छा थियो।
आफ्नै हातले आमाको गलामा त्यो सिक्री लगाइदिने ठूलो रहर थियो, जुरेन यार। तैले आफैले लगाइ दे ल। तलाइ देखे पछि मलाइ देखे जस्तै हुन्छ भन्थिन। तलाइ पनि औधी माया गर्छीन के रे बुढिले। भाउजुलाई थाहा छैन, भाउजुलाइ थाहा नपाउने गरि बाहिरै बाट किनेर प्याक गरेर पठायको यार। के गर्नु छोरो मान्छे सब कुरा मिलाउनु पर्ने रहेछ। अनि अर्को साल जसरी पनि आउँछ भनेर सम्झा है। मलाइ थाहा छ , तलाइ देखेपछी झन रुन्छिन यार आमा। त्यसो भन्दै उ आफै झन भक्कानिन थाल्यो।।।।।रुदै दशै को बेला तलाइ हतार होला ल अहिले राखे भन्दै बिदा भयो।
म उस्ले पठाएको सामान लियर उस्को गाउँ आमाकोमा पुगें।
आमा दायाँ बायाँ यता उता हेर्दै सोध्धै हुनुहुन्थ्यो तिम्रो साथी खै। मेरो बाबू आएन ?
आमा आउन खोजेको मिल्दै मिलेन रे, अर्को बर्ष जसरी पनि आउँछ रे। आमा पिल पिल गर्दै मेरो आखामा हेर्नुभयो। मैले आफैलाइ सम्हाल्दै आमालाइ भने , उस्ले आमासग कुरा गरेर आमाको कुरा लेखेर पठा भनेको छ। तपाईं भन्नुस आमा के भन्न मन छ म लेखेर पठाउछु त्यस्लाइ।
आमा बोल्न शुरु गर्नु भयो आमा जे जे भन्नू हुन्छ म त्यो त्यो लेख्दै गएं ।
आमा : बाबु तिमी यस बर्ष पनि आएनौ है ?
बाबू भोलि सम्म आउछौ र र?
८ बर्ष भै सक्यो बाबू तिमी घर न आको। तिम्रो बिबाह गर्दाको बर्ष आयका थियौ त्यसपछी आको छैनौ। नाति पनि यहि मङ्सिर बाट ८ बर्षको लाग्छ, अझै देख्न पाकै छैन। तिमी पनि आउछु आउछु भनेको देखि हो।
त्यो बेला नाति चार बर्षको थियो। बाबू अहिले त म धेरै गलि सकेकि छु। सायद अब अर्को दशै कुर्न सक्दिन होला।
धेरै गलिसकेछु बाबू। उभिनै हुन्न, हिडन सक्दिन खुट्टा गल्छ। स्वा स्वा हुन्छ। अचेल र भात पकाउन पनि गाह्रो लाग्छ। पानी ल्याउन गाग्री बोक्नै सक्दिन , पानी त पल्ला घरको सानेले ल्याइदिन्छ। त्यसैले यो दशैमा जसरी पनि आउछौ तिमिहरुलाइ टीका लगाइदिउला भन्ने मेरो ठूलो धोको थियो। भोलि सम्म आउन बाबू आउ। बाबू मेरो मनले अब म धेरै बाच्दिन होला जस्तो लाग्छ। कुनै कुनै बेला छाती दुखेर भर्खरै सासै अड्किने हो कि जस्तो लाग्छ। धेरै दशै कुरे बाबू। अब कुर्ने साहस नै आउदैन।
जब तिमी छ बर्षको सानो छदा तिम्रो बाले आगनमा बनायको पिङ अनि बाले किनेर ल्यायको बोको देखेर तिमी कति खुशी भयका थियौ। त्यो बेला हाम्रो घरमा खुसीको दसैं आएके थियो, त्यसपछी आज सम्म कहिल्यै रमाइलो दशै आएन बाबु। यसपाली त पक्कै आउछौ भन्दै भन्दै चार बर्ष देखि पाल्दै आयको बोको पनि अहिलेत छिप्पियर गनाइसकेछ। गाउलेले बेच बेच भन्दा पनि तिमी आउछौ अनि खाने भनेर नबेची राखेकी थिय। त्यो बोको पनि बढेमानको घोर्ले भको छ। अस्ति त्यसैले मारेर लडाइ दियो धन्न मरिन। त्यसले लडाउदा पनि तिमिले नै मायाले धकेले जस्तो लाग्छ बाबू। किनकी तेसमा तिम्रै रुप देख्छु, त्यो तिम्रो लागि पालेकी थिएं। अचेल घरमा जो आउदा पनि तिमी आय जस्तो लाग्छ। बाटोमा हिड्नेका चप्प्लका आवाज आउदा पनि तिमि आय जस्तो लाग्छ। अस्ति राती कस्ले बोलायो कस्ले, बाबू आयउ भन्दै ढोका खोले कोहि पनि छैन। जति बेला पनि आमा म आये भने जस्तो मात्र सुन्छु के भको होला मलाइ। जति बेला पनि कानमा आमा आमा भनेको तिम्रै आवाज मात्र गुन्जन्छ बाबू। (आमा रुदै भन्दै गरिन म पनि सम्हालिन सकिन आँसु झार्दै लेख्दै गरें) खाना पस्कन बेला, पस्कन अगाडी एकपटक आयौ कि भनेर फेरि बाहिर हेर्छु, अहिले नै आउछौ कि जस्तो लाग्छ, आमा म आएं भनेर बोलाउछौ कि जस्तो लाग्छ। यसो भातको गाँस मुखमा राख्छु कान बजेर तिम्रो जुत्ताको आवाज आए जस्तो लाग्छ, अनि मुख चलाउन बन्द गरेर यसो सुन्छु कोहि हुदैन केही हुदैनज सुन्य हुन्छ। राती अबेला सम्म ढोका खुल्लै राखेर मध्य रातसम्म कुरेर बस्छु, रात छिप्पिइ सकेपछी सुत्ने बेलामा ढोका बन्द गर्नु अगाडि फेरि दाया बायाँ हेर्छु आ छौ कि जस्तो लाग्छ, आमा भनेर बोलाउछौ कि भन्ने आश लाग्छ। सपनामा आमा आमा भनेर तिमिले नै बोलाय जस्तो झस्किरन्छु, अनि ब्युझन्छु यसो भित्तो समायर उठछु बाबू बाबू भन्छु कोहि बोल्दैन, बिहान ढोका खोल्छु आयौ कि जस्तो लाग्छ। के भयो बाबू जता पनि तिम्रै छायामात्र देख्छु, तिम्रै आवाज मात्र सुन्छ, तिम्रै अनुहार मात्र देख्छु, तिम्रै चाल मात्र सुन्छु, तिम्रै शरिरको गन्ध मात्र थाहा पाउछु।।।। तिमी आउछौ भनेर त्यो माथी गराबाट केरा पकाउन राखेकी छु, पट पट फुटेको काक्रोको अचार तिमिलाइ मन पर्छ भनेर काक्रोको झालमा अरुले देखे भने चोरिदिन्छन भनेर बोराले बेरेर बाधेर लुकाएर राखेकी छु, नातिलाइ मन पर्छ भनेर तीन चौथाइ जति घ्यु सम्हालेर राखेकी छु बाबू। परार देखीको जर्नेलिको चामल यो साल आफैले कुटेर राखेकी छु। मिल्छ भने भोलि सम्म आउ है। सगै दशै मनाउला। सगै खाउला। आउ है। बरु पुर्णिमाको भोलिपल्टै जौला। बुहारिलाइ सम्झायर जसरी पनि बुहारी बाबू लाई लियर आउ न बाबू आउ। नातिलाइ टीका लगायर काखमा लिएर सुम्सुम्याउन मन छ के। नाति मेरो नाति रु आमा झन झन भक्कानियर रुन थालिन । म तिमिहरुको अनुहार हेरेर मर्ने धोको छ। यो दसैंमा टीका लगाइदिने ठूलो रहर छ बाबू अर्को दसैं सम्म त म बाच्दिन जस्तो लाग्छ। बाले बनायको छण् बर्ष पुरानो यो घरले पनि तिमिलाइ कुरे जस्तो लाग्छ, पछाडिको बार्दलिको गार्यो अस्तिको पानीले भत्कियो। अगाडि पालिको खर कुहियर पालि चुहियर पिढिमा पानी झरेको छ। सायद अब यो घर बाको निसानी पनि म सगै ढल्छ होला त्यसैले आउ बाबू आउ यो दसैंमा जसरी पनि घर आउ है !!
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






