कास्की क्षेत्र–२ प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद कँडेलले कस्केली जनताले अबको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरेका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदानका लागि आफ्नो पार्टीले जनतालाई नयाँ विकल्प दिएको बताए।
‘यस अगाडि पुरानै पार्टी र पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बाध्यता जनतालाई थियो,’ उनले भने, ‘अब हामी एउटा सशक्त विकल्प बन्न सफल भएका छौं। परिवर्तनको महसुसका लागि पनि जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हमा मतदान गर्नेछन्।’
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण देखिएको बताउँदै उनले कास्की–२ का जनताले पनि आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे। सधैंभरी राष्ट्र र जनताको सेवामा आफू खटिने उनले प्रतिबद्धता जनाए।
पार्टीको नीति र कार्यक्रम लोकप्रिय रहेको र संपूर्ण प्रतिबद्धता आफ्नो पार्टीले पूरा गर्ने पनि उनको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






