नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दु:खी बनाएको बताएका छन्।
साथै उनले जोशीको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले भनेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दु:खी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






