सृजना सहकारीमा स्वागत तथा सम्मान


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित




पोखरा । सृजना महिला बचत तथा ऋण सहकारी संस्थाले सृजना बिकास केन्द्रका नवनिर्वाचित पदाधीकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

संस्थाले हालै सम्पन्न २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको हो ।

आइतबार केन्द्रको अग्रसरमा स्थापित सहकारीले केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा , पदाधिकारी तथा सदस्यहरुलाइ संस्थापक अध्यक्ष सृजना बराल ,पूर्व अध्यक्ष पवित्रा के.सी , कमला गिरी लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाले समाजिक कार्यमा महिलाहरुको सहभागिता सम्मानयोग्य रहेको बताए । केन्द्र गर्ने विभिन्न कार्यक्रमहरुमा सहकारीसँग सहकार्य गर्दै अगाडी बढ्ने सो अवसरमा प्रतिवद्धता व्यक्त गरे ।

सहकारीका अध्यक्ष सुस्मा पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शारदा गिरी , सचिव तारा के.सी, सह सचिव कुमारी मुना बास्तोला लगायतले बोलेका थिए ।

एक हजार एक सय बढी सदस्य रहेको सहकारीले १४ करोडको कारोवार गर्दै महिलामुखी सामाजिक कार्यहरुमा सहभागी हुँदै आएको अध्यक्ष पहारीले सो अवसरमा जानकारी दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।