बझाङ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी मष्टा गाँउपालिका वडा नम्बर २ की ८ वर्षीया सम्झना खड्का, एकै घरमा दाजु भाइ १५ वर्षीय रोसन खड्का र प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, मष्टा गाउँपालिका वडा नम्बर ३ की २६ वर्षीया बसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दक्षिका कठायतको घटना स्थलमै मृत्यु भएको हो ।
यस्तै शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ घर भै हाल बझाङ जिल्ला अन्तरगत पर्ने राष्ट्रिय बाणिज्य बैङ शाखा कार्यलय मष्टामा सेकुरेटि गार्डमा कार्यरत ४२ वर्षीय झरेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको जिल्लाभन्दा बाहिर नेपालगञ्ज ज रेफर गरिएको छ भने अन्य १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बझाङका कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका मष्टा गाउँपालिका २ का ५० वर्षीया सिन्की देवि भण्डारी, ६३ वर्षीय मणि बहादुर सिहँ र १० वर्षीय विशाल खड्का रहेका छन् । उनीहरुको टाउकोमा चोट रहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेहरूमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, सोही ठाउँकी १३ वर्षीय रोशनी धामी, मष्टा गाउँपालिका गाञ्जीका सिद्धबिर बुढा, मष्टा गाउँपालिका १ बस्ने ३२ वर्षीय राजेश रोकाया ९गाडी चालक, साहु०, ४ वर्षीय सिम्रन सिंह, ११ वर्षीया अम्बिका सिंह, मष्टा २ का ७ वर्षीय अनिष ओखेडा, २५ वर्षीया कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, ३६ वर्षीय सन्तोष सिंह, मष्टा २ तीनगाउँका ७५ वर्षीय बीरबहादुर खड्का, २२ वर्षीया हेमन्ती सिंह, र २२ वर्षीय ईश्वर ओखेडा रहेका छन् ।
सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए ।
जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । क्षमता भन्दा बढी यात्रु जोखीम र साँघुरो उकालो सडकका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
आज भन्दा झण्डै ३ बर्ष अघि सोही ठाउँ नजिकै जीप दुर्घटना हुँदा मष्टा गाउँपालिका वडा नम्बर १ का १० जनाको मृत्यु भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







