पर्वतको पैंयु गाउँपालिकाले १० करोडमा डम्पिङसाइट बनाइँदै


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित




दक्षिण पर्वतको पैंयु गाउँपालिकाले रू. १० करोड लगानीमा डम्पिङ साइट बनाउने भएको छ ।

गाउँपालिकाले मातहतका बजार क्षेत्रको फोहरमैला व्यवस्थापन गर्न डम्पिङ साइट बनाउने भएको हो ।

पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहोर व्यवस्थापनमा चुनौती बनिरहेको भन्दै वडा नं ५ मा स्थानीयले नि:शुल्क प्रदान गरेको जग्गामा डम्पिङ साइटका लागि पूर्वाधार निर्माण गरिने भएको हो ।

गाउँपालिकाभित्रको फोहोरमैला व्यवस्थापनका लागि करीब रू. १० करोड लागतमा व्यवस्थापन परियोजना निर्माण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताएका छन ।

जसका लागि वडा नम्बर ५ का स्थानीयले जग्गा प्रदान गरेको उनले बताए । वडा नं ५ को भूर्तेलथोकस्थित खोलाखर्कमा १९ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र फोहोरमैला व्यवस्थापनको बोलपत्र प्रकिया सकेर काम चाँडै शुरू गरिने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।