निर्वाचन आयोगको राजनीतिक दललाई ७ बुँदे निर्देशन


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुंँदे निर्देशन दिएको छ।

लाभको पदमा रहेका केही राजनीतिक व्यक्तिहरुले सरकारी साधन स्रोतको प्रयोग गरी चुनाव प्रचार–प्रसार गरेको पाइएको भन्दै आयोगले आज (बुधबार) कडा निर्देशन दिएको हो।

आचारसंहिताले तोकेको २५ जनाभन्दा बढी सुरक्षाकर्मीसहित उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेकोप्रति पनि आयोगले आपत्ति जनाएको छ। त्यस्तै, दलहरुले जुलुस र आमसभाका लागि पूर्वअनुमति नलिई प्रचारप्रसारको लागि सवारी साधन प्रयोग गरेकोमा आयोगको असन्तुष्टी छ।

यससम्बन्धी लिखित उजुरी, मौखिक गुनासा र विभिन्न संचारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले ७ बुँदे निर्देशन दिएको हो। स्वच्छ स्वतन्त्र तथा निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक पार्टी र उम्मेदवारहरुलाई आचांरसंहिता पूर्ण पालना गर्न लिखित निर्देशन दिइएको आयोगले बताएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।