पोखरा–१३ आर्वास्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा आगामी कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
सहकारीको उपाध्यक्षमा लक्ष्मी देवकोटा, सचिवमा सुर्यप्रसाद बराल र कोषाध्यक्षमा बसन्तराज बराल निर्वाचित भएएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा घनश्याम बराल, यज्ञप्रसाद बराल, तारानाथ सिग्देल, अनिता पहारी र लक्ष्मी सुबेदी बराल चुनिएका छन्। सहकारीको लेखा समिति संयोजकमा कृष्णराज बराल तथा सदस्यहरुमा कृष्णप्रसाद बराल र सन्तोष बराल सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले सहकारीको माध्यमबाट दीगो आर्थिक बिकासमा ठूलो सहयोग पुग्ने बताए। उनले वडा कार्यालयबाट सहकारीको प्रगतिमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए।
कार्यक्रममा पोखरा महानगरपालिका–१३ की वडासदस्य रजनी परियार, सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बराल, पत्रकार श्रीराम सिग्देल, शेयर सदस्य रामशरण बराल, शेयर सदस्य सुमित्रा बराललगायतले शुभकामना मन्तव्य ब्यक्त गरे।
आदर्श बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी देवकोटा र कार्यक्रम संचालन सचिव सूर्यप्रसाद बरालले गरेका थिए।
कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्यबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सौरभ सिग्देल र प्रदिप देवकोटालाई नगद, दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मानीत गरिएको थियो।
त्यस्तै, ८४ वर्ष उमेर पुगेका शेयर सदस्यका बुबाआमा मध्यबाट सन्तुमाया बराल एवं सहकारीको असल कारोवार गर्ने शेयर सदस्य शिबप्रसाद बराल र असल बचतकर्ता केशबहादुर नेपाली समेतलाई सम्मान गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







