सांकेतिक तस्बीर
जुवा खेलिरहेको अवस्थामा कास्कीबाट ५ लाखभन्दा बढी रकमसहित २३ जना जुवाडे पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुबेदीसहित २३ जना जुवाडेलाई गत मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ र १ सेट कौडा सहित बरामद गरेको छ।
पक्राउ पर्नेहरुमा पोखरा–३० शिशुवा बस्ने वर्ष २३ को बिनित सुबेदी, पोखरा–३० शिशुवाका वर्ष ३० का भिष्म लामिछाने, सोही ठाउँका वर्ष ६५ को गोकर्णकुमार श्रेष्ठ, वर्ष ५३ को मणि खनाल, वर्ष ४३ को राजेन्द्र अर्याल, वर्ष ३६ को निभान देवान, वर्ष ३९ को विवश बास्तोला, वर्ष ५० को धुर्व तिवारी, वर्ष ५३ को शेखर पौडेल, वर्ष ३५ को रमेश गुरुङ, वर्ष ५० को भुवन शर्मा, ३० को प्रदिप चापागाई, वर्ष २६ को अमृत श्रेष्ठ, वर्ष ४९ को सुरज भट्टराई, वर्ष ४३ को नारायणतिवारी छन्।
त्यस्तै, पोखरा–३० कामनाटोल बस्ने वर्ष ३८ को राजेन्द्र अधिकारी, सोही ठाउँका वर्ष ४३ को पुर्ण बहादुर घले, सोही वडाको महादेव टोल बस्ने वर्ष ५० को जनक थापा, सोही वडाकै पार्वती टोल बस्ने वर्ष ४८ को नवराज भट्टराई, शिवमन्दिर टोल बस्ने वर्ष ३६ को तिर्थ पौडेल, महादेव टोल बस्ने वर्ष ३१ को अमित गौतम, पोखरा–३१ मोहरिया बस्ने वर्ष ३६ को विश्वज्योति सुवेदी, पोखरा–३२ रुपातालका वर्ष ४० को सागर श्रेष्ठ छन्।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







