पोखरा । युवा व्यवशायी पूर्ण कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी विभिन्न व्याक्तिहरुलाई निः शुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएका छन ।
पोखरामा रही दर्जन बढी संघ संस्थामा आवद्ध श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी १२ जना युवाहरुलाई निःशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्न लागेका हुन । श्रेष्ठले जन्मदिनको अवसरमा साथीहरु संघ रमाइलो गरी खर्च गर्ने पैसाले आफु भन्दा कम अवसर पाएको र पर्याप्त तालिमको कमीका कारण रोजगार बिहिनहरुलाई रोजगार दिने उद्देश्यले १ लाख बरावरको खर्चमा उक्त तालिम निशुल्क रुपमा प्रदान गर्न लागेका हुन ।
श्रेष्ठले आफुले संचालन गरेको संध्या जब्स प्रालि र युवा व्यवशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी गठन गरिएको “युथ कम्युनिटी क्लब”को आयोजनामा ६ जना युवालाई बेसिक कम्प्युटर तलिम र ६ जनालाई कम्प्युटर हार्डवेयर नेटवर्किङ तालिम दिने बताए ।
पोखरामा बिगत १० वर्षदेखि रोजगार सम्बन्धी विभिन्न तालिम तथा परामर्श सहित रोजगार र संघ संस्थाहरुको लागि कर्मचारी साथै पोखराका एजेन्सीको रुपमा काम गर्दै आइरहेको हजारौ युवालाई रोजगार दिलाउन सफल संध्या जब्स प्रा लि बुद्धचोकमा उक्त तालिम प्रदान गरिने श्रेष्ठले बताए । तालिममा सहभागीहरुलाई रोजगारको समेत अवसर प्रदान गरिने र आगामी दिनमा सन्ध्या जब्स प्रालिबाट निशुल्क रोजगार उपलब्ध गराउने समेत बताए ।
युवा व्यवशायी श्रेष्ठले संध्या जब्स प्रालि संगै युवा व्यवयशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी “युथ कम्युनिटी क्लब” गठन गरी पोखरा साथै नेपाल भरिनै विगत तीन बर्षदेखी युवाहरुलाई ब्यवशायमा संलग्न बनाउँदै आएका छन ।
श्रेष्ठले आगामी दिनमा पनि रोजगारी नपाएकाहरुलाई नेपालमै रोजगार दिलाउनका लागि विभिन्न तालिम परामर्श सहित निःशुल्क रोजागार उपलब्ध गराउने आफ्नो कम्पनीको उद्देश्य रहेको समेत बताएका छन ।
श्रेष्ठले जन्मदिनको अवसरमा विभिन्न संघ संस्थाबाट उपहार स्वरुप प्राप्त केक काटी विभिन्न व्यवशायीहरु संगै आफ्नो जन्मदिन समेत मनाए । उक्त अवसरमा सहभागीहरुले श्रेष्ठको प्रगति तथा उत्तरउत्तर प्रगतिको कामना गर्दै आफुहरुले पनि आफ्नो जन्मदिनमा केही न केही सामाजिक काम गर्ने समेत बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ भदौ । भोटेकोशी बाढीपीडित तथा प्रभावितका लागि तमु धिं नेपालले…





