सफल घ्यू नयाँ आर्कषक प्याकेजसहित बजारमा


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित




पोखरा । सुजल डेरी प्रा.लि. द्वारा उत्पादित सफल घ्यू नयाँ प्याकमा बजारमा सार्वजनिक गरेको छ ।

सार्वजनिक नयाँ प्याकमा ७(लेयर प्याकेजिंगका साथै उत्पादनलाई थप आकर्षक बनाउनका लागि ३ लेयर लेमिनेसन पनि गरिएको छ । त्यस्तै नयाँ प्याकको ग्लस्सी फिनिस र गोल्डेन प्याटर्नले उत्पादनलाई थप प्रिमियम बनाएको छ । जसले घ्यूको गुणस्तर लामो समय कायम गर्दै, स्वादमा ताजापन राख्नका लागि मद्दत पुग्ने कम्पनीले दावी गरेको छ ।

घ्यूको गुण र शुद्धतालाई अझै बढी राम्रो बनाउँदै नेपाली परिवारको आवश्यकतासँग जोड्ने उद्देश्यले आर्कषक ब्राण्डिङ सहित सार्वजनिक गरिएको सुजल डेरीले जनाएको छ । “मीठो स्वाद जिन्दगीको” नाम दिएर नयाँ प्याकेजमा सार्वजनिक गरिएको घ्यूले हरेक परिवारलाई मिठास युक्त स्वादिलो परिकार मार्फत जोड्ने कम्पनीले विश्वास गरेको छ ।

गाई, भैँसीको शुद्ध मक्खनलाई खारेर बनाईने हुनाले सफल घ्यू स्वास्थ्यको लागि फाइदा जनक हुनुका साथै मीठो पनि रहेको कम्पनीले दाबी गरेको छ । साथै सफलको घ्यू दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा अझ बढी खपत हुने गरेको कम्पनीले जनाएको छ ।

सुजल डेरीको उत्कृष्ट उत्पादन सफल घ्यू पोखरासहित काठमाण्डौं लगायत देशका मुख्य सहरहरुमा उपलब्ध छ ।

आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै आइरहेको सुजल डेरीले ISO 22000:2018 मापदण्ड प्राप्त गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।