जिल्लाको व्यास नगरपालिका–१० स्थित पिजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करीब ५ सय मीटर लामो जीपलाइन निर्माण गरिएको छ ।
मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल पनि परिवारसहित उक्त स्थानमा पुगे । आफूलाई यस्ता साहसिक खेलप्रति रुचि भएकोले बिदाको समय मिलाएर खेलको मनोरञ्जन लिन आएको उनले बताए ।
यसअघि प्याराग्लाइडिङ गरिसकेको बताउँदै प्रजिअ अर्यालले सहजै खेलमा भाग लिई मनोरञ्जन लिएपछि भने, ‘सुरक्षित तरीकाले बनाइएकोले खासै डराउनुपर्दैन । यस्ता खेलले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्छ ।’
त्यसैगरी गोरखादेखि आएकी सुविना भण्डारीले जीपलाइनको यात्रा मनोरञ्जक हुने भएकाले दोस्रो पटक खेलमा सहभागी हुन आएको बताइन् । पहिलो पटक चितवनमा रहेको जीपलाइनमा सहभागी भए पनि यहाँको लामो भएकोले थप अनुभव लिन आएको उनले बताइन् ।
यही कात्तिक ३ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक विवेक सापकोटाले जानकारी दिए । भारतको दिल्लीस्थित द एड्भेन्चर प्लान्टले रू. १ करोड १० लाखको लागतमा ठेक्का सम्झौता गरी उक्त जीपलाइन निर्माण गरेको हो ।
उनले भने, ‘करिब पाँच महीनाको अवधिमा सबै जडान कार्य सम्पन्न भएपछि जीपलाइन सञ्चालनमा ल्याइएको हो ।’ जीपलाइन सञ्चालन भएदेखि हालसम्म २५० जना साहसिक खेलमा सहभागी भइसकेको सञ्चालक साप्कोटाले बताए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







