अमेरिकामा आज (मंगलबार) मध्यावधि चुनाव हुँदैछ।
अमेरिकामा राष्ट्रपति चुनावको २ वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ।
यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको १ सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो। राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्वका साथ लिएका छन्।
अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा छन्। साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि परेको संचार माध्यमहरुले जनाएका छन्। अहिले अलास्का, इन्डियाना, केन्टुकी, लुजियाना, ओक्लोहामा, साउथ क्योरोलिनासहित १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व छ।
क्यालिफोर्निया, इलिनोई, मेरिल्यान्ड, न्युयोर्कलगायत ८ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पकड छ। राष्ट्रपति जो वाइडेनले प्रजातन्त्र जोगाउने आह्वानसहित चुनावमा भाग लिन अनुरोध गरेका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा…





