अमेरिकाका वरिष्ठ सैनिक जनरलले युक्रेन युद्धमा अहिलेसम्ममा करिब १ लाख रूसी र १ लाख बराबर नै युक्रेनी सैनिक मारिइसकेका जनाएका छन्।
अमेरिकाको संयुक्त सेना प्रमुखहरुका अध्यक्ष जनरल मार्क मिल्लीले द्वन्द्व सुरु भएयता करिब ४० हजारको संख्यामा सर्वसाधारणको पनि ज्यान गइसकेको बताएका छन्।
कुनै पश्चिमी अधिकारीले युक्रेन युद्धलाई लिएर दिएको यो सबैभन्दा ठूलो मृतक संख्याको तथ्यांक हो। उनले किभले मस्कोसँग पुन: वार्तामा प्रवेश गर्ने आफ्नो इच्छाका संकेतहरु दिइरहेको पनि जनाएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुन: वार्ता सुरु गर्नुअघि रूसी समकक्षी भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाइनु पर्ने पूर्व माग छाडेपछि केही दिनयता युक्रेनले मस्कोसँग केही छलफल गर्न चाहेको संकेत दिएको छ।
अमेरिकाको न्युयोर्कमा जनरल मिल्लीले भनेका छन्, ‘कुनैपनि वार्ता सफल बनाउन रूस र युक्रेनले एक अर्कालाई मान्यता दिनुपर्दछ। युद्धकालीन विजय सैनिक उपायबाट प्राप्त गर्न सकिन्न। त्यसैले अन्य उपायहरुतर्फ उन्मुख हुनुपर्दछ।’
मिल्ली अमेरिकी राष्ट्रपति जो बाइडेनका सबैभन्दा वरिष्ठ सैनिक सल्लाहकार पनि हुन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







