उत्तर पश्चिमी स्पेनको ’साल्टो डी क्यास्त्रो’ गाउँ बिक्रीमा राखिएको छ।
यसको मूल्य २ लाख ५९ हजार अमेरिकी डलर तोकिएको छ।
पोर्चुगलको सीमानासँग जोडिएको जामोरा प्रान्तमा रहको साल्टो डी क्यास्त्रो गाउँ राजधानी म्याड्रिडबाट ३ देखि ४ घन्टाको ड्राइभबाट पुग्न सकिन्छ। सानो स्पेनी सहरमा भेटिने खालका थुप्रै भवन यहाँ पनि रहेका छन्।
यहाँ कूल ४४ वटा घर, एउटा होटेल, एउटा चर्च, एउटा विद्यालय, एउटा महानगरीय पौडी पोखरी र सबैका घरमा सुरक्षा प्रदान गर्न प्रयोग हुने एउटा ब्यारेक भवनसमेत छ। तर, यो गाउँमा बस्ने मानिसहरू भने कोही छैनन्।
यस गाउँका वर्तमान मालिकले सन् २००० को सुरुमा गाउँलाई पर्यटकीय थलोमा परिणत गर्ने उद्देश्यले यसलाई किनेका थिए।
तर, युरोजोन समस्याको कारण उनको योजना साकार हुन सकेको थिएन। ती व्यक्तिलाई प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका रोन्नी रोड्रिग्वेजले उनको यहाँ एउटा होटेल खोल्ने सपना पनि पूरा नभएको तर उनी अझै आफ्नो परियोजनाले वास्तविक रूप लिने आशमा रहेको बताएका छन्।
आइडियलिस्टा वेबसाइटमा गाउँ बिक्रिको सूचना राखेका ती नाम नखुलाइएका ८० वर्षीय मालिकले भनेका छन्, ‘म सहरी वासिन्दा हुँ। र, मैले यस गाउँको मर्मत संभार गर्न नसकेकाले यसलाई बेच्दै छु।’
गत साता विज्ञापनमा राखिएको यस साइट यति लोकप्रिय भएको छ कि अहिलेसम्म यसलाई ५० हजार पटक भन्दा बढी हेरिएको छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







