पोखरा, कात्तिक २५
केहि दिन अघिमात्र नेकपा एमाले प्रवेश गरेका नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता होमबहादुर नेपाली पुनः नेकपा एसमै फर्किएका छन् । नेकपा एसका कास्की सचिव नेपाली गत कात्तिक १२ गतेमात्र नेकपा एमाले प्रवेश गरेका थिए । तर एमालेमा गएको दुई हप्तापनि नपुग्दै नेपाली आफ्नो पार्टी नेकपा एसमा फर्किएका हुन् ।
पुराना एमाले कार्यकर्ता नेपाली एमाले फुटेर बनेको नेकपा एस कास्कीका संस्थापक हुन् । माधव नेपाल समूहका उनी पार्टी फुटेपछिपनि नेपालकै साथमा लागेका थिए । तर गत कात्तिक १२ गते एक्कासी एमालेमा गएको खबर पाउँदा नेकपा एसका नेता÷कार्यकर्ता छक्क परेका थिए । उनी अवसरको खोजीमा रहेको र चुनावमा टिकट पाउने आशामा रहेपनि प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फ नअटाएपछि असन्तुष्ट बनेका थिए ।
एमालेमा गएपछि उनलाई फकाउन पोखरा महानगरपालिकाका मेयर तथा नेकपा एसका केन्द्रीय सदस्य धनराज आचार्यलगायतको टोली निरन्तर लागेको थियो । त्यसैको परिणाम स्वरुप नेता नेपालीलाई शुक्रबार माधव नेपालसँग रौतहटस्थित नेपाल निवासमा भेट गराएपछि उनी पुनः नेकपा एसमै फर्किएको श्रोतले बताएको छ ।
नेकपा एस कास्कीका उपाध्यक्ष पूर्ण लामाले नेता नेपाली पार्टीमा फर्किएको पुष्टि गरे । उनले भने,‘हो, उहाँ फर्किनु भएको सत्य हो । उहाँसँगै अन्य आधा दर्जन साथीहरुपनि पार्टीमा फर्किनु भएको छ ।’
नेता नेपाली अहिले काठमाडौंबाट साथीहरुसँगै पोखरा फर्किरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







