इजिप्टमा मिनिबस दुर्घटना, २१ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




उत्तरी इजिप्टको नाइल डेल्टामा मिनिबस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ।

शनिबार मिनीबस पल्टिँदा कम्तीमा २१ जनाको मृत्यु भएको संचारमाध्यमहरुले समाचार लेखेको छ।

मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको थियो। उक्त मिनिबसमा अन्दाजी ३५ जना सवार रहेको समाचारमा जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारी डा. शेरिफ मकीनकाअनुसार मृतकमध्ये ३ बालबालिका छन्।

घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन्।

इजिप्टका संचारमाध्यमले प्रारम्भिक अनुसन्धानपछि स्टेरिङ ह्विलमा खराबी आएका कारण दुर्घटना भएको बताइएको लेखेका छन्।

सन् २०२१ मा अरब राष्ट्रको सबैभन्दा बढी घना जनसंख्या भएको यो देशको सडकमा करिब ७ हजार मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ।

अलजजिरा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।