करेन्ट लागेर भैँसी मरे


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित





जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो ।

नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा बिद्युतको तार लत्रिएको अवस्थामा चर्दैगरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले जानकारी दिए ।

घट्ना पश्चात तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियम अनुसार रु चालिस हजार क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए ।

स्थानीयवासी, उपभोक्ताले पटक–पटक जानकारी दिँदा पनि बेवास्ता गर्दै आएका कारण उक्त दुर्घटना हुन गएको उनले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।