‘केन्द्रमा पहुँच राखेर विकास ल्याउन सक्ने कास्केली नेता रामजीप्रसाद बराल’


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २७

चुनावमा नेताले जेपनि बोल्छन् । आश्वासनका पोका बाँढ्छन् । तर जितेर गएपछि जनताको घरदैलोमा फर्किएर आउँदैनन् । चुनावताका गरेका वाचाहरु पूरा गर्दैनन् । यस्तो हुनुमा चुनाव जित्ने उम्मेदवारको मात्रै दोष हुँदैन । जनतालेपनि सहि उम्मेदवार छनौट नगर्दाको परिणाम हो । किनकी जनताले आफ्नो उम्मेदवार छनौट गर्दा विगतको उसको ईतिहास र वर्तमान अवस्थामा उसको नेतृत्वसँगको पहुँचपनि हेरिनुपर्छ ।

अहिलेपनि चुनाव नजिकिदो छ । उम्मेदवारहरु विकासका ललीपपहरु बाँढिरहेका छन् । तर दलका शीर्ष नेतृत्वसँग पहुँच राख्ने उम्मेदवार कमैमात्र छन् । तीमध्ये एक हुन् कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार रामजीप्रसाद बराल । उनको सिधा पहुँच माओवादी अध्यक्ष प्रचण्डसम्म छ । उनी प्रचण्डको किचन क्याविनेटसम्म पुग्नसक्ने औंलामा गनिने मध्येका एक नेता हुन् ।

त्यसैले उनले भोलिका दिनमा कास्कीमा विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सक्छन् । रविन्द्र अधिकारीको निधनपछि केन्द्रमा सिधा पहुँच राखेर विकासका लागि बजेट ल्याउने नेताको अभाव छ कास्कीमा । तर रविन्द्रको विकल्प उम्मेदवार बराल बन्न सक्छन् । किनकी उनी पार्टीका शिर्ष नेताहरुसँग सिधा पहुँच राख्ने मात्र होईन, आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने हिम्मतपनि राख्छन् । कास्कीका माओवादी नेता धर्मराज तमुले रामजी बरालले चाहेमा कास्कीमा विकासका लागि बजेट पार्नसक्ने बताए । उनले भने,‘केन्द्रमा सिधा पहुँच भएका नेता रामजी नै हुन् । उनले चाहेमा सजिलै बजेट ल्याउन सक्छन् ।’

बराल विकासप्रेमी नेतापनि हुन् । उनले अघिल्लो कार्यकालमा आफ्नो क्षेत्र कास्की ३ को (१)मा राम्रो काम गरेको स्थानिय बताउँछन् । खास गरेर सराङ्कोटमा खानेपानीको समस्या हल गरेपछि स्थानियले उनलाई सम्मानसमेत गरेका थिए । त्यस्तै, कास्कीको उत्तरी क्षेत्र माछापुच्छ«ेका विभिन्न ठाउँमा आधा दर्जन पुल निर्माणका लागि बजेट पार्दा उनको वाहवाही भएको थियो । उनैको पहलमा माछापुच्छ«े गाउँपालिकाको ल्वाङलगायतका विभिन्न ठाउँमा सिंचाई सुविधा पुगेको थियो भने सामुहिक खेतीका लागि चक्लाबन्दीका कार्यक्रमपनि परेको थियो ।

तिनै विकासप्रेमी नेता रामजीलाई जिताउनुपर्ने पोखरा–२३ का स्थानिय हरी भण्डारी बताउँछन् । उनी भन्छन्,‘हामीलाई विकास चाहिएको हो । त्यो विकास दिने नेता भनेको रामजी नै हो । त्यसैले हामी रामजीलाई भोट दिएर जिताउँछौं ।‘


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।