साङ्केतिक तस्विर
पोखरा । ठगी आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विभिन्न समयमा ठगी गरेको भन्दै पर्वतको कुश्मा नगरपालिका वडा नं।०३ स्थायी घर भई हाल पोखरा वडा नं.१८ सराङकोट बस्ने २५ वर्षका अभिसेक सुनारलाई पक्राउ गरेको हो ।
नक्कली सुनका गरगहनाहरू धितोमा राखी पोखरा १७ बिरौटा स्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कास्कीबाट १६ लाख ६० हजार, वडा ८ पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट ७ लाख ४५ हजार गरी चौबीस लाख पाँच हजार कर्जा लिएका थिए ।
लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएको कारण शंका लागि सुनारले धितोमा राखेको गरगहना चेक गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका सुचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







