प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ ।

कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउनु लाग्नु भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको केसीले बताए।

उनहिरु आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्नेछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।