गण्डकी । विभिन्न दलका शीर्ष नेता उम्मेदवार रहेको गण्डकी प्रदेशमा यतिखेर नजिकिँदो निर्वाचनले चहलपहल बढाएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङलगायत नेता यही प्रदेशमा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा रहेका कारण पनि यतिखेर गण्डकीको निर्वाचनलाई महत्वका साथ हेर्न थालिएको छ ।
शीर्ष नेताको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीसँगै यहाँका चुनावी सभामा हुने गरेका देशको प्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीको चर्चाले पनि यहाँ सरगर्मी बढाएको छ । प्रदेशसभा सदस्यको अघिल्लो कार्यकालमा एमालेका गुरुङ र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकामा आगामी मुख्यमन्त्रीको जिम्मेवारी कसले सम्हाल्छ भन्ने विषय यतिखेर मुख्य चासो बनेको छ ।
नेपालको संविधानले निर्दिष्ट गरेअनुसार तीन तहको संरचनामध्येको प्रदेशको आवश्यकता र औचित्यका सम्बन्धमा विभिन्न टिकाटिप्पणीसमेत भइरहेको अवस्थामा हुन लागेको दोस्रो प्रदेशसभाको निर्वाचनका लागि यस प्रदेशबाट प्रत्यक्षतर्फ ३६ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।
कुल ६० सदस्यीय प्रदेश सभामा २४ जना समानुपातिकतर्फबाट प्रतिनिधित्व हुने व्यवस्था छ । यस निर्वाचनमा प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ प्रदेशसभा ९क० मा आठ र ९ख० मा सात जना, २ को ९क० मा आठ र ९ख० मा छ जना र ३ को ९क० र ९ख० मा सात÷सात जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नं १ को ९क०मा गठबन्धनका तर्फबाट माओवादीका दीपक कोइराला, एमालेका खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसी लगायतको उम्मेदवारी छ भने ९ख० मा गठबन्धनका तर्फबाट कांग्रेसका दीपक गुरुङ९माइला०, एमालेका बेदबहादुर गुरुङ९श्याम०, रापप्राका महेन्द्र कार्कीलगायतको उम्मेदवारी छ ।
निर्वाचन क्षेत्र नं २ को ९क०मा गठबन्धनका तर्फबाट माओवादीका विश्वप्रकाश लामिछाने, एमालेका भीम कार्कीलगायतको उम्मेदवारी छ भने ९ख०मा गठबन्धनका तर्फबाट कांग्रेसका विन्दुकुमार थापा, एमालेका मीना गुरुङलगायतको उम्मेदवारी छ । क्षेत्र नं ३ को ९क० मा गठबन्धनका माओवादीका दुर्गादत्त भण्डारी, एमालेका गणेशमान गुरुङलगायतको उम्मेदवारी छ भने ९ख०मा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश बराल, एमालेका राजीव पहारीलगायतको उम्मेदवारी छ ।
प्रदेशसभाको निर्वाचन हुँदै गर्दा यतिखेर को मुख्यमन्त्री बन्छ त्यो विषयले प्राथमिकता पाएको छ । विभिन्न चुनावीसभामा माओवादीका अध्यक्ष पुष्पकमल दहालले प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा कांग्रेसका सुरेन्द्र पाण्डेलाई अघि सारेसँगै अन्य आकांक्षीको नाम पनि आउन थालेको छ । प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश पार्टी सभापति शुक्रराज शर्मा, ध्रुव वाग्ले, विन्दुकुमार थापालगायतको मुख्यमन्त्रीका रुपमा चर्चा छ ।
माओवादीबाट हरिबहादुर चुमानलाई सम्भाव्य मुख्यमन्त्रीका रुपमा हेरिएको छ भने एमालेबाट खगराज अधिकारलाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ । मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेताहरूको होडबाजीसँगै प्रदेशमा मतपरिणाम आफ्नो पक्षमा पार्न दलहरूको सक्रियता रोचक देखिएको छ ।पत्यक्षतर्फ प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा गठबन्धन गर्दा कांग्रेसले प्रत्यक्षतर्फ २१ क्षेत्रमा उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले १२, एकीकृत समाजवादी र नेपाल समाजवादीले १÷१ क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
मनाङ ‘ख’मा स्वतन्त्र उम्मेदवार राजीव गुरूङ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित बनिसक्नुभएको छ । एमालेले ३६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ आफ्ना उम्मेदवार उठाएको छ ।यसअघि सङ्घबाट संविधानतः निर्दिष्ट अधिकार पनि सहजरुपमा प्रदेशमा नआउनाका साथै कानुन तथा नीतिनिर्माणमा अल्झिनुपर्दा देखिने गरी काम हुन नसकेको चर्चा पनि यतिखेर उठ्ने गरेको छ । यसअघि प्रदेशसभाको पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएका राजीव पहारी प्रदेश नै सङ्घीयताको मूलआत्मा भएको बताउनुहुन्छ ।
अघिल्ला कार्याकालको अनुभवसहित आगामी पाँच वर्षमा प्रदेशलाई बलियो बनाउँदै जनताको नजिकैको सरकारका रुपमा स्थापित गर्ने लक्ष्यका साथ आँफू चुनावी अभियानमा जुटेको उहाँको भनाइ छ ।सङ्घीयतालाई बलियो बनाउन प्रदेशको अहम् भूमिका हुने बताउने अर्का उम्मेदवार प्रकाश बराल जनताले प्रदेश सरकारको प्रत्यक्ष अनुभूति गर्ने किसिमको वातावरण तयार हुनु जरुरी रहेको बताउनुहुन्छ । संविधानतः उल्लेखित अधिकार उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







