पोखरा । इन्द्रेणी थिएटर पोखराको आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७८ सोमबार नगेन आर्ट एकेडेमीमा सम्पन्न भएको छ । चित्रलाई निर्णायकले मूल्यांकनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा छुट्याएका थिए ।
त्यसमा क्रमशः रिना पटेल, सपना नेपाली, रोशना पौडेल र आश्मा रिमाल छन्। उनीहरुले क्रमशः ५ हजार, ४ हजार, २ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्रसँगै नगेन आर्ट एकेडेमीबाट ७५५, ५०५ र २५५ छुट प्राप्त गरेका छन् ।
प्रमुख निर्णायक प्राज्ञ नगेन सिंहले विद्यार्थीले चित्रकला मात्र बुझेका कारणले २०३ चित्रकलामा १२ मात्र थिममा बनेको बताउदै अब नगेन आर्ट एकेडेमी मार्फत चित्रकलाको ज्ञान बाड्ने जानकारी दिए ।
इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले प्रतियागिताको शिर्षक भाईटिका रहेको तर धेरै विद्यार्थीले अन्य चित्र पठाएका कारणले १२ कलाकृति छान्न परेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







