नेपाल बैंक ८६ औं वर्षमा प्रवेश, पोखरामा प्रभातफेरी


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित




पोखरा । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेड ८६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो स्थापनाको ८६ औं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार पोखरामा प्रभातफेरी आयोजना गर्‍यो।

बैंकको पृथ्वीचोकस्थित प्रादेसिक कार्यालयबाट शुरु भएको प्रभातफेरी पोखराको नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक हुँदै कार्यालयमा पुगि सभामा परिणत भएको थियो ।

सभालाई प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्बोधन गर्दै नेपालकै इतिहास बोकेको बैंकले आफ्नो सेवालाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेको बताइन् । उनले पछिल्लो समय बढ्दो बैंकिङ प्रतिस्पर्धाका बीच पनि मुलुककै पुरानो बैंकले यत्तिको सफलता हासिल गर्नुमा आम सेवाग्राही नेपालीहरुको माया र सद्भाव नै रहेको बताइन । आगामी दिनमा बैंको उचाई कायम राख्न सेवाग्राहीको मन जित्ने गरि अझ गुणस्तरिय सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरिन् ।

वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । नेपालभर २२६ शा

वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । नेपालभर २२६ शाखा रहेको बैंकका गण्डकी प्रदेशमा मात्रै ३० वटा शाखा मार्फत सेवा प्रवाह गर्दै आइरहेको प्रादेशिक प्रमुख श्रेष्ठले जानकारी दिइन् । बैंकका १९९ एटिएम काउण्टे ५० वटा विस्तारित (एक्सटन्सन) काउण्टर मार्फत सेवा गर्दै आइरहेको छ ।
देशभर २३ लाख बढी सेवाग्राही रहेको बैंकमा ३ हजार ३ सय बढी कर्मचारीहरु रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।