निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार–प्रसार सम्बन्धित सामग्री मंसीर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ।
आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचार–प्रसार सम्बन्धित सामग्री मंसीर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो।
निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट राजनीतिक दल र उम्मेदवारले कुनैपनि तरिकाबाट निर्वाचन प्रचार–प्रसार गर्न पाइँदैन। मंसीर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने आचारसंहितामा उल्लेख छ।
आयोगका अनुसार स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचार–प्रसारका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने भन्दै उम्मेदवार तथा राजनीतिक दलले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचार–प्रसार गरे वा प्रचार–प्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐनबमोजिम आवश्यक कारबाही हुनेछ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचनसम्बन्धी प्रचार–प्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्न निर्देशन दिने बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







