पोखरा, मंसिर १
नेकपा एमाले कास्की क्षेत्र नम्बर–३ (२) का उम्मेदवार राजिव पहारीले आफूलाईं विकास र समृद्धिका लागि मतदान गर्नुपर्ने बताएका छन् । ९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक ती प्रतिबद्धता पूरा गर्न आफूलाई मतदान गर्न पहारीले आग्रह गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज रहेका पहारीले आफ्नो पहिलो प्रतिबद्धतामा पूर्वाधार सम्बन्धी कार्यहरु उल्लेख गरेका छन् । प्रतिबद्धताको पहिलो बुँदामा उनले बाटो निर्माण, यसको मर्मत सम्भार तथा स्तरीयकरण गर्ने प्रतिबद्धता जनाएका छन् । यहि बुँदामा उनले सिंचाइ, खानेपानी निर्माण तथा मर्मत सम्भार गर्न भूमिका खेल्ने बताएका छन् । पहारीले कृषिमा अनुदान दिने, स्कूल, खेलमैदान, मठमन्दीर तथा सामुदायीक भवन निर्माणका लागि पहल गर्ने आश्वासनपनि बाँढेका छन् । उनले पुल निर्माणका साथै मर्मत गर्ने कार्यलाई प्राथमिकतामा राख्दै वन तथा वस्ती संरक्षण गर्ने, पार्क संरक्षण गर्ने, पहिरो नियन्त्रण गर्ने, बाटो सौन्दर्यीकरण गर्नेलगायतका पूर्वाधारका कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
पहारीले प्रतिबद्धता पत्रको दोश्रो बुँदामा आर्थिक कुरालाई राखेका छन् । उनले “समृद्ध नेपाल, सुखि नेपाली”को संकल्प पूरा गर्न स्थानीय पूँजीको विकास, कृषि उत्पादनको विकास र बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने र त्यसमा टेकेर उच्च गतिमा आर्थिक विकास गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । पहारीले तेश्रो बुँदामा आधारभुत, माध्यमिक तथा उच्च शिक्षाको प्रवद्र्धन गर्ने, विपन्न वर्गका बालबालिकाहरुको शिक्षामा पहुँच सर्वसुलभ बनाउने, स्वास्थ सेवा÷ सामाजिक न्याय र सुरक्षाको ग्यारेण्टी गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, चौथो बुँदामा धार्मिक, ऐतिहासिक, सास्कृतिक तथा पुरातात्विक महत्व भएका सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवर्धन गर्ने, धार्मिक, सास्कृतिक तथा भौगोलिक महत्व भएका मठमन्दिरहरु, कोटहरु र अन्य तिर्थस्थलहरुको संरक्षण र विकास गर्दै गुठी व्यवस्थाको उचित व्यवस्थापन गर्न भूमिका खेल्ने बताएका छन् ।
पहारीले जारी गरेको प्रतिबद्धता पत्रको पाचौं बुँदामा बैदाम क्षेत्रलाई विशेष पर्यटन क्षेत्रका रुपमा विकास गर्ने, पर्यटन क्षेत्रमा भएको लगानीको संरक्षण गर्ने, पर्यटन पूर्वाधारको विकास होमस्टे, स्मार्ट भिलेज तथा पर्यटन हिलस्टेसनको विकास गर्ने, कृषि तथा मनोरञ्जन पर्यटनको पहिचान, प्रवर्धन गर्ने, साहसिक पर्यटकीय खेलहरुको संरक्षण विकास र प्रवर्धन गर्नुका साथै विभिन्न महत्व भएका पदमार्गहरुको पहिचान र विकास गर्न गर्नेपनि उल्लेख गरेका छन् ।
छैटौं बुँदामा शिक्षा तथा युवा लक्षित योजना रहेका छन् । जसमा युवाहरुको सिर्जनात्मक सोंच, स्वयंसेवी भावना र राष्ट्रभक्तिलाई प्रोत्साहन गर्ने, व्यवसायिक शिक्षा र रोजगारीको व्यवस्था गर्ने, युवाहरुलाई उद्यमशील तथा सृजनशील बन्न उत्प्रेरणा प्रदान गर्ने युवाहरुमा भौतिक तथा आध्यात्मिक विकास गर्न भूमिका खेल्ने उनले उल्लेख गरेका छन् ।
प्रतिबद्धताको सातौं बुँदामा नागरिकहरुको सम्मान र संरक्षणका लागि जीवनचक्रमा आधारित सामाजिक सूरक्षा व्यवस्थाको प्रवर्धन गर्ने, वर्गीय, जातिय, लैंगीक विभेद तथा छुवाछुत विरुद्ध निरन्तर अभियान सञ्चालन गर्नुका साथै महिला सशक्तिकरण अभियान पनि सञ्चालन गर्ने पहारीले जनाएका छन् ।
प्हारीले प्रतिबद्धताको आठौं बुँदामा बाढी, पहिरो र विपद जोखिमबाट समुदाय र बस्तीको संरक्षण गर्ने, फेवातालको समग्र विकास र संरक्षण गर्ने, सार्वजनिक जमिन तथा चौरहरुको संरक्षण गर्ने तथा वृक्षारोपण अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् भने नवौं बुँदामा अघिल्लो प्रदेश सभाषदको कार्यकालमा सम्पन्न हुन नसकेका अधुरा कामहरुलाई सम्पन्न गर्ने उल्लेख गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







