आसन्न मंसीर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मौन अवधि सुरु भएको छ।
मध्यरात १२ बजेबाट मौन अवधि सुरु भएको हो।
निर्वाचन आयोगले गत कात्तिक १७ गतेदेखि दिएको निर्वाचन प्रचारप्रसारको समय सकिएको हो। यससँगै बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भइ निर्वाचन नसकिँदासम्म जारी रहनेछ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आइतबार हुँदैछ।
मौन अवधिमा राजनीतिक पार्टी तथा उम्मेदवारहरुले चुनावी प्रचार–प्रसार र मत माग्न पाउँदैन।
के के गर्न पाइँदैन ?
निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने।
एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।
अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







