नेपाल–युएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज (शुक्रबार) हुँदैछ।
युएईसँगको तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालले पहिला बलिङ गर्दैछ। खेल कीर्तिपुर मैदानमा सुरु हुँदैछ। टस हारेको युएईले पहिला ब्याटिङ गर्नेछ। आजको खेल जित्ने टोलीले शृंखला जित्नेछ।
नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृंखलामा १/१ को बराबरी गरेको छ। नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो।
युएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो। नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृंखला खेलेको हो।
गएको चैतमा पपुवान्युगिनी (पीएनजी) सँगको दुई खेलमा नेपाल पराजित भएको थियो। आजको खेल जितेमा नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






