आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ ।

मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । सामान्य रुपमा घाइते भएका दुई जना उपचारको लागि अस्पताल लगिएको जनाइएको छ ।

सोमबार ४ः२२ बजे अपराह्न त्यहाँ आगलागी शुरु भएको प्रहरीले जनाएको छ । त्यहाँ ठूलो सङ्ख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ । स्थानीय अधिकारीहरूले दुइ सय ४० जना व्यक्ति र ६३ सवारी साधनहरू उद्धारकार्यमा सामेल हुन पठाएका र मध्यरातमा आगो निभाइएको बताइएको छ ।

यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।