फाइल तस्विर
काठमाण्डौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिएका थिए ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उनीहरुबीच एकअर्कालाई निर्वाचित भएकामा बधाई आदानप्रदान भएको थियो । एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







