प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले अघि छ।
हालसम्मको विवरणअनुसार पहिलो स्थानमा रहेको एमालेले ९ लाख ६१ हजार २ समानुपातिक मत ल्याएको छ।
निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८ लाख ७१ हजार ६ सय ९० समानुपातिक मत पाएको छ।
यसैगरी, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ३८ हजार १ सय १६ मत ल्याएको छ। चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ६० हजार ५२ समानुपातिक मत प्राप्त गरेको छ।
समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ। उसले अहिलेसम्म २ लाख ३६ हजार २ सय ११ मत ल्याएको छ।
छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख १४ हजार ५ सय १९ समानुपातिक मत पाएको छ भने सातौं स्थानमा रहेको जनमत पार्टीले ६८ हजार ५ सय ७८ समानुपातिक मत ल्याएको छ। यसपछि आठौं स्थानमा रहेर नेकपा (एकीकृत समाजवादी)ले ६२ हजार ९ सय ११ मत पाएको छ भने नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय ६० मत ल्याएको छ।
दसौँ स्थानमा रहेर नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय १४ समानुपातिक मत पाएको छ भने एघारौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ५ सय ८ समानुपातिक मत ल्याएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







