मोरङ–६ प्रतिनिधिसभा सदस्यमा डा. शेखर कोइराला निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




मोरङको क्षेत्र नं. ६ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार २ सय ८६ मतान्तरले पराजित गर्दै डा. कोइराला विजयी बनेका हुन्।

कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले २२ हजार ९ सय ३२ मत प्राप्त गरे ।

२०७४ सालको संसदीय निर्वाचनमा लालबाबु पण्डितसँग ६७५ मतान्तरले पराजित भएका डा. शेखर कोइरालाले यसपटक जित हासिल गरेका हुन्।

२०७४ सालमा डा. शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका थिए भने लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।