कास्की–१ मा एमालेका गुरुङ निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित





कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन । पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दश हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।