आगलागीमा परि १० को मृत्यु, नौ जना घाइते


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो ।

त्यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस अगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।