एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो ।
कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा पू¥याए ।
त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो । खेलको ८४औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए । जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ ।
सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ । यता कतारको यो लगातार दोस्रो हार हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






