सोमाली सेनाद्वारा १५ अल–शबाब लडाकु मारिए


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका छन्।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल–शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।

‘खावारीज (अल–शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब सहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

त्यसैगरी, सेनाले ३ कार बमहरू पनि नष्ट गरेको छ। असफल आक्रमणको क्रममा दर्जनौँ लडाकुहरूलाई मारिएका छन् भने यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।