हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ ।
दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, “मोदी सरकारले हिन्दी थोपर्नु बन्द गर । हामीले हाम्रो साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नु प¥योरु यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ ।”
सयौं भाषा र बोलीहरू बोलिने भारतमा भाषा एक भावनात्मक मुद्दा हो, तर अङ्ग्रेजी मुख्य आधिकारिक माध्यमको रूपमा काम गर्दछ जबकि राज्य सरकारहरूले क्षेत्रीय भाषाहरू प्रयोग गर्छन् ।
सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीय नागरिकले हिन्दी बोल्छन् ।
तर गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षासहित हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो ।
हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्ग्रेजी भाषाको प्रयोगको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदै आएका छन् ।
तर विपक्षीहरूले उनको सरकारले हिन्दी थोपर्न खोजेको आरोप लगाएको छ । यसै कारण दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न भएको छ ।
थांगावेलले शनिबार तमिलनाडुको सत्तारुढ डीएमके पार्टीको सलेमस्थित एक कार्यालयबाहिर केन्द्र सरकारको प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






