थप ४ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

९ सय ४० जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय १२ जनाको पीसीआर र ४ सय २८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।