प्रतिनिधिसभातर्फ सुनसरी ४ को मतगणना अझै सुचारु हुन सकेको छैन्।
संचार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि शनिबारदेखि गणना रोकिएको हो।
कार्कीले मतगणनामा एमालेले धाँधली गरेको आरोप लगाएका छन्। आयोगकै मिलेमतोमा ६ मत एमाले उम्मेदवारको पक्षमा जोडेको आरोप लगाउँदै उनले पुन: मतगणनाको मागसहित निवेदन दिएका छन्।
कार्कीले २३ हजार ४३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार ३४१ मत पाएका छन्। कार्की कुसियतभन्दा ९८ मत अगाडि छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





