सांकेतिक तस्विर
क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीम पनि १४ जनाको ज्यान गएको बताइएको छ ।
सोमबार यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर यहाँका १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् ।
यहाँ पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए ।
त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






