७१ हजार चार सय ७६ लाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित




दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार तीन १९ पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा २२ हजार तीन सय २७ ले बढेको बताइएको छ । तर यो एक हप्ताअघिको तथ्याङ्क ७२ हजार आठ सय ६० भन्दाकम रहेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ ।

नयाँ सङ्क्रमितमध्ये ८४ विदेशबाट आयातित रहेका जनाइएको छ । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या चार सय ९१ रहेको जनाइएको छ । थप ४१ जनाको मृत्यु पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ३० हजार चार सय ५४ पुगेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।