४६ मतान्तरले पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेम्वाङ नै निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा बसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्।

नेम्वाङले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४६ को झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा नेम्वाङले ३२ हजार १३५ मत प्राप्त गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका आङदेम्बेले ३२ हजार ०८९ मत ल्याए।

निर्वाचन आयोगको कार्यालय पाँचथरले नेम्वाङलाई विजयको घोषणा गरेको हो।

यसअघि, पाँचथरको समानुपातिकको मत गणना नसकिञ्जेल विजयी उम्मेदवारको घोषणा रोकिएको थियो। अहिले, त्यहाँको समानुपातिकतर्फको मतगणना सकिएको छ र नेम्वाङलाई विजयीको आधिकारिक घोषणा गरिएको छ।

त्यहाँको मतदान प्रक्रियामा समानुपातिकतर्फको मत प्रत्यक्षतर्फको मतपेटिकामा खसेको भनि आधिकारिक विजयी उम्मेदवारको घोषणा रोकिएको थियो।

पाँचथरको प्रदेशसभामा भने दुवै प्रदेशमा गठबन्धनबाट प्रदेशसभा (१) मा नेकपा एसबाट कमल जवेगु र प्रदेशसभा (२) मा माओवादीका इन्द्रबहादुर आङ्बो विजयी भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।