सुनसरी–४ मा कार्की ३२२ मतले अगाडि


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित




सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रतालाई कायम राखेका छन्।

सूचना तथा संचार प्रविधि मन्त्रीसमेत रहेका कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार जगदीशपैसाद कुसियैतभन्दा ३२२ मतले अग्रता लिएका छन्।

मत गणनाको पछिल्लो नतिजाअनुसार कार्कीले २५ हजार ९४४ मत प्राप्त गर्दा कुसियैतले २५ हजार ६२२ मत प्राप्त गरेका छन्। सुनसरी–४ मा मतगणनामा विवाद हुँदा रोकिएपनि मंगलवार साँझदेखि मतगणना पुन: थालिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।